सीमाक्षेत्रमा झडपपछि चीनर भारतबीच पहिलो सम्झौता भयो

प्रकाशित मिति : September 11, 2020


काठमाडौं । गत जुन महिनामा सीमाक्षेत्रमा भएको झडपपछि भारत र चीनबीच पहिलोपटक सम्झौता भएको छ । रुसको राजधानी सहर मस्कोमा भएको चीन र भारतका विदेशमन्त्रीको भेटमा उक्त सम्झौता भएको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय समकक्षी सुभ्रमण्यम जयशंकरबीच भएको भेटपछि सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिमा सीमा विवादले दुवै मुलुकलाई फाइदा नगर्ने उल्लेख गरिएको छ ।

उक्त संयुक्त विज्ञप्तिमा दुई मुलुकको बीचमा भएको असहमतिलाई तनावको रुप लिन नदिने, दुवै पक्षका सेनाले वार्ता जारी राख्ने, छिटोभन्दा छिटो तनाव हटाउने, सीमा क्षेत्रमा दुवै देशले उचित दुरी कायम राखेर सेना राख्ने, दुवै मुलुकले अहिले कायम रहेका सम्झौता र मापदण्ड पालना गर्ने र तनाव बढाउने कुनै काम नगर्नेलगायतका सम्झौता भएको छ ।

भेटवार्तापछि चिनियाँ विदेश मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा दुई मुलुकको बीचमा यस किसिमका सामान्य मतभेदहरु देखिनु सामान्य रहेको उल्लेख गरेको छ । यद्यपि यस किसिमका मतभेदहरुलाई सही तवरले समाधान गरिनुपर्ने चीनले उल्लेख गरेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले भेटको क्रममा चीन र भारतको द्विपक्षीय सम्बन्ध सही दिशामा अघि बढिरहेको अवस्थामा कुनै समस्या उत्पन्न नहुने बताएका थिए । उनले भारतलाई झडप गराउने किसिमको उत्तेजक कायै नगर्न पनि आग्रह गरेका थिए ।

भेटको क्रममा भारतीय विदेशमन्त्री जयशंकरले पनि भारतले चिनियाँ भूमि अतिक्रमण गर्न नखोजेको र भारतको चीन नीतिमा कुनै परिवर्तन नभएको बताएका थिए ।

गत साता मस्कोमा नै भारत र चिनियाँ रक्षामन्त्रीको बीचमा भेटवार्ता भएको थियो । बिहीबार दुई मुलुकका विदेशमन्त्रीको बीचमा तीन घण्टा लामो वार्ता भएको थियो । यसअघि पनि दुई मुलुकका लेफ्टिनेन्ट जनरल र कमाण्डरस्तरको वार्ता भएको थियो । तर, वार्तामा कुनै किसिमको सम्झौता भने हुन सकेको थिएन ।द साउथ चाइना मर्निङ पोस्ट, बीबीसी बाट

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट