निषेधाज्ञामा ३० प्रतिशतले ग्यास खपतमा कमी आयो

प्रकाशित मिति : September 11, 2020


काठमाडौं । कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि लगाईएको लकडाउन तथा निषेधाज्ञाले खाना पकाउने एलपी ग्यासको खपत ३० प्रतिशतले घटेको छ । मुलुकभर ग्यासको खपत २५ देखि ३० प्रतिशतले घटेको नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए ।

सामान्य अवस्थामा मासिक ४० देखि ४५ हजार टन ग्यास आयात हुने गरेकोमा अहिले ३५ देखि ३७ हजार टन ग्यासको आयात भएको छ । उपत्यकामा मात्रै दैनिक ४० हजार ग्यास खपत हुनेमा अहिले २० हजारभन्दा कम खपत व्यवसायीको भनाइ छ । सामान्य अवस्थामा ७० प्रतिशत औद्यौगिक प्रयोजन र ३० प्रतिशत ग्यास घरायसी प्रयोजनका लागि खपत हुने गरेको छ ।

हाल उद्योगसँग १५ हजार टन ग्यास स्टोर रहेको छ । नेपालभर ५८ वटा उद्योग छन् । ती उद्योगहरूले एक सय टनदेखि एक हजार टनसम्म क्षमता रहेको छ । निजी उद्योगसँग ६ हजार टन ग्यास भन्डारण गर्ने क्षमता रहेको छ । ग्यासको बजार मूल्य एक हजार ३ सय ७५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट