स्थायी कमिटी बैठकमा नेपालको आक्रोश

प्रकाशित मिति : September 11, 2020


काठमाडौं । शुक्रबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा विवाद भएको छ । बैठकमा पार्टी वरिष्ठ नेता माधव कुमार नेपाल लगायतका नेताहरुले विविध विषयहरुमा असन्तुष्टि जनाएका छन् ।

वरिष्ठ नेता नेपालले दुई अध्यक्षले परिमार्जन गरि ल्याएको प्रस्तावमा एक व्यक्ति एक पदको कुरा सम्बोधन नभएकोमा असन्तुष्टि जनाएका हुन् । साथै उनले प्रतिवेदनले पार्टीभित्रको कार्यविभाजनका विषयमा अस्पष्ट रहेकाले आक्रोश समेत व्यक्त गरेका छन् ।

बैठकमा वरिष्ठ नेता नेपालसहित ९ जना नेताहरुले आ–आफ्ना तर्कहरु प्रस्तुत गरेका थिए । देव गुरुङ, लिलामणी पौडेल, धनश्याम भुसाल, मातृका यादव, अष्ठलक्ष्मी शाक्य, भीम आचार्य, रघुजी पन्त लगायतले आफ्नो तर्क प्रस्तुत गर्दै पार्टीप्रतिको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।

बैठक शुरु भएको केही समयपछि नै प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली बैठकबाट बाहिरिएका थिए । भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एकल अध्यक्षमतामा बैठक बसेको थियो ।

गत साउन ३० गते नेकपाको आन्तरिक विवाद समाधानको लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा दुई अध्यक्षले परिमार्जन गरी आज बैठकमा पेश गर्ने कार्यक्रम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट