सांसदको भूमिका प्रभावकारी बनाउन सभामुखलाई काठमाडौंका २० सांसदको पत्र

प्रकाशित मिति : September 11, 2020


काठमाडौं । कोरोना भाइरस रोकथाम तथा न्यूनिकरणका लागि सांसदहरूको भूमिका प्रभावकारी बनाउन काठमाडौंका २० जना सांसदले संसदको प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटालाई ध्यानाकर्षण गराएका छन् । शुक्रवार विभिन्न राजनैतिक दलका सांसदहरूले सभामुख सापकोटालाई सांसदहरूको भूमिका प्रभावकारी बनाउन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल, नेपाली कांग्रेसका सांसद शशाँक कोइराला, सांसद गगन थापा, शशी श्रेष्ठ, जनता समाजवादी पार्टीका राजेन्द्रप्रसाद श्रेष्ठ लगायत २० सांसदहरूको हस्ताक्षरसहितको पत्र सभामुख सापकोटालाई बुझाइएको छ ।

यस्तै पत्रमा संसदीय समिति गठन गरि कोभिडको अवस्था र प्रभावबारे अनुगमन र सरकारलाई जानकारी दिनुपर्नेमा जोड दिइएको छ । पत्र बुझेपछि सभामुख सापकोटाले आफूले प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ दल तथा प्रतिपक्षी दल लगायतसँग छलफल गरेर यसबारे अगाडि बढ्ने प्रतिक्रिया दिएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट