काठमाडौं । नेकपाको स्थायी समिति बैठकले आधारभूत नीति र राष्ट्रिय महत्वका निर्णय लिँदा पार्टीको मार्ग निर्देशन अनुसार गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
त्यसैगरी कुनै नीति, विधेयक तयार गर्दा तिनका सैद्धान्तिक पक्षबारे पार्टीका केन्द्रीय कमिटी, स्थायी कमिटी वा सचिवालयमा छलफल गर्ने निष्कर्ष समेत बैठकले गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक पछि जानकारी गराए ।
त्यस्तै एमसीसी परिमार्जन गरि पास गर्ने स्थायी कमिटिले गरेको उनले बताए । अध्यक्षद्वय केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको सहमतिका १५ बुँदालाई पारित गर्दै सत्तारुढ दल नेकपाको स्थायी समितिको बैठक सकिएको छ । बैठकले पार्टी अब महाधिवेशन आयोजनामा केन्द्रित हुने निर्णय गरेको छ ।