खाली हुन थाले काठमाडौंका कोठा र सटर

प्रकाशित मिति : September 12, 2020


उषा रेग्मी

काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गते लकडाउन गरे यता काठमाडौका हरेक ठाउँमा कोठा र सटरहरु खाली हुन थालेका छन ।

नेपालमा कोरोना संक्रमण हुनु भन्दा अगाडी काठमाडौमा बस्न कोठा र व्यापार व्यवसाय गर्न सटर पाउनु मुस्कील थियो । तर लकडाउन भएपछि हरेक चोक गल्लिका घरका कोठा र सटर खाली भएको सुचना देख्न सकिन्छ । लकडाउन भएसंगै गाउँगाउँबाट सहर पढ्न आएका र सानोतिनो काम गरेर आपनो दैनिक गुजार चलाउनेहरु यती बेला गाउँ फरकिएकाले कोठा खाली हुन थालेको घरधनीहरु बताउँछन ।

यतीबेला व्यापार व्यावसाय गार्नेहरु पनी धमाधम सटर छाडेर जान थालेका छन । कोरोना संक्रमण भएसंगै कोठाभाडा तिर्नै नसकेकाले बरु सटर छोड्दिनी मोडमा पुगेको ठमेलका एक व्यावसायी बताउछन ।
त्यस्तै कोरोना संक्रमण भएसंगै काठमाडौंमा बसिहेकाहरु पनी सस्तोकोठा कता छ त्यतै सर्न थालेका छन ।

काठमाडौ नेपनलटारमा एउटा घरको गेटमा टू लेट रेन्ट (TO-LATE) लेखिएको छ । धरधनि रामेश्वर पौडेल हुन् । उनको घरमा २ वटा सटर र ३ वटा कोठा लकडाउन भएसगै खालि भएका छन् । उनले बैंकको ऋण निकालेर घर बनाएका थिए । घर बनाएको भएपनि अहिले सबै कोठा र सटर खालि छन । बैंकको ऋण र किस्ता कसरि तिर्ने भनेर चिन्ता परेको उनले बताए ।

उनि मात्र होईन जस्ले ऋण निकालेर घर बनाएका छन् उनीहरुके पीडा एउटै छ । उनीहरुलाई पौडेको जस्तै बैंकको किस्ता कसरि तिर्ने ।

ऋण नभएपनि धेरै घरधनिको आम्दानिको स्रोत नै कोठा भाडा भएकाहरुलाई कोठा खाली भएसंगै समस्या परेको घरधनहरु बताउँछन् ।

अर्का घरधनी राजु केसीको पनि आम्दानीको स्रोत घर भाडा हो । उनको पनि कोठाहरु खाली रहेका छन् । उनको अन्य कुनै आम्दानीको स्रोत नहुँदा समस्या भएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट