कुमारी बैंकको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागी सचेतनामुलक कार्यक्रम

प्रकाशित मिति : September 13, 2020


काठमाडौं । कुमारी बैंक लिमिटेड सुदुरपश्चिम प्रादेशीक कार्यालय महेन्द्रनगर कंचनपुरले आफनो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागी महेन्द्रनगर वजारमा सामाजिक सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा बैंकका कंचनपुर शाखा, झलारी शाखा तथा चादनी दोधारा शाखाका कर्मचारीहरु समेतको पनि उपस्थिती रहेको थियो । बैंकको प्रादेशिक कार्यालयबाट विहान ९ बजे देखी सुरु भई चम्मन चौराहाबाट सब्जीमण्डी हुँदै महेन्द्रनगर बजारको १ नं., २ नं. ३ नं. , ४ नं. र ५ नं. गल्ली परिक्रमा गरी बैकको प्रादेशिक कार्यालयमा ११ बजे समापन भएको थियो । उक्त कार्यक्रममा बैंकले महेन्द्रनगर वजारमा मास्क लगाउन प्रेरित गरी मास्क नलगाई हिडेका बिभिन्न ब्यक्तिहरुलाई एक हजार थान मास्क तथा १५० थान ह्यान्ड स्यानीटाईजर बितरण गरेको थियो ।

कार्यक्रममा कर्मचारीले मास्क प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, स्यानीेटाईजर प्रयोग गर्ने, भिडभाड नगर्ने तथा साबुन पानीले हातधुने जस्ता बिबिध सचेतनामुलक नारा लेखिएका ब्यानर तथा प्ले–कार्ड बोकेर सो मार्फत कोभिड–१९ नियन्त्रण र रोकथामका लागी पुर्बसाबधानीका सन्देश दिईएको थियो । सुदूरपश्चिम प्रादेशीक कार्यालयका प्रमुख दीपक खनालले कोभिड–१९ नियन्त्रण र रोकथामका लागी यो कार्यक्रम निकै उपयोगी हुने साथै आगामी दिनमा पनि सचेतनामुलक कार्यक्रमहरु अन्य स्थानमा पनि गर्दै जाने जानकारी गराउनु भयो ।

कुमारी बैंक लिमिटेडको सुदूरपश्चिमप्रदेशमा १९ वटा शाखा र ८ वटा ए.टि.एम. संचालनमा रहेको छ भने देशभर १८६ शाखा, १३ एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ्ग सेवा र१०८ ए.टि.एम. संचालनमा रहेको छ । साथै बैंकले लकडाउनमा पनि सुरक्षाकाउपायहरु अपनाई बैंकिङ्ग सेवाहरु दिदैआएको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट