काठमाडौं । नेपाल विद्युत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सोमबार सकिँदैछ । ४ वर्षेकार्यकाल भदौं २९ गते सकिँदैछ । सुरुमा उनको कार्यकाल नथप्ने अडानमा प्रधानमन्त्री र उर्जामन्त्री थिए । प्रचण्डको जोड कुलमानलाई एक कार्यकाल थप्नुपर्छ भन्नेमा थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री वर्षमान पुनले अनावश्यक चलखेल गरेको भन्दै कुलमानको कार्यकाल नथप्ने अडानामा रहेका थिए । तर पछिल्लो समय कुलमान आफैँले प्रधानमन्त्रीकोमा सन्देश पठाउँदै आफुले कुनै गल्ती नगरेको बताएका थिए । उता उर्जामन्त्री वर्षमान पुनलाईपनि रिजाएका छन ।
भोली भदौ २९ गते अन्तिम दिन कुलमानको कार्यकाल थपिने संभावना रहेको बालुवाटार स्रोतले बताएको छ । कार्यकारी निर्देशक छनोट व्यवस्थामा ३ जना व्यक्तिको कम्पिटिसन गराउनुर्ने हुन्छ । तर मन्त्रालयले घिसिङलगायत ३ जनाको नाम मन्त्रिपरिषदमा पेश गर्नेछ । सरकारले केही दिन ढिला भएपनि घिसिङलाई कार्यकारी नियुक्ती गर्नेछ ।
घिसिङलाई २ वर्षको लागी मात्रै नियुक्ती गर्ने अडानमा प्रधानमन्त्री रहेका छन भने नेकपाका अर्का अध्यक्ष प्रचण्ड ४ बर्षको लागी नै नियुक्ती गर्नुपर्ने अडानमा छन ।