अमेरिकी राज्यहरुमा फैलिएको आगलागीबाट कम्तीमा ३० को मृत्यु

प्रकाशित मिति : September 13, 2020


काठमाडौं । अमेरिकाको पश्चिमी समुद्रसँग जोडिएका राज्यहरुमा फैलिएको आगलागीका कारण अहिलेसम्म कम्तीमा ३० जनाको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार अमेरिकाको ओरेगोन राज्यमा मात्र दर्जनौं मानिसहरु बेपत्ता भएका छन् ।

पछिल्लो तीन सातादेखि अमेरिकाको ओरोगोन, क्यालिफोर्निया र वासिङ्टनमा आगलागी जारी छ । आगलागीबाट लाखौं एकड जमिन प्रभावित बनेको छ । हजारौं घरहरु जलेर ध्वस्त भइसकेका छन् । उल्लेख्य संख्यामा मानिसहरु विस्थापित भसकेका छन् ।

अमेरिकी राष्ट्रपतिका उम्मेदवार जो बाइडनले जलवायु परिवर्तनको कारण यो समस्या सृजना भएको बताएका छन् । उनले राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनलाई बेवास्ता गरेको नतिजास्वरुप यस्ता घटना देखिन थालेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले भने शनिबार अहिले फैलिएको आगलागीको कारण जंगलको कमजोर व्यवस्थापन रहेको बताएका छन् । आगलागीको कारण ओरेगोनको सबैभन्दा ठूलो सहर पोर्टल्याण्डमा धुवाँको कारण प्रदूषण फैलिएको छ ।

ओरेगोनका विभिन्न १६ स्थानमा आगलागी फैलिएको छ । यो राज्यमा अहिलेसम्म ४० हजारभन्दा धेरै मानिसहरुलाई एक केन्द्रमा राखिएको छ । यो राज्यमा अहिलेसम्म १० जनाको आगलागीको कारण मृत्यु भइसकेको छ । त्यस्तै वासिङटनमा पनि विभिन्न १५ स्थानमा आगलागी फैलिएको छ ।

क्यालिफोर्नियामा पनि अगष्ट १५ यता अहिलेसम्म २२ जनाको मृत्यु भइसकेको छ । अहिले क्यालिफोर्नियामा पनि विभिन्न २८ स्थानमा आगलागी फैलिएको छ । यो राज्यमा हजारौं मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ भने १४ हजार आठ सयभन्दा धेरै मानिसलाई आगो नियन्त्रणमा खटाइएको छ ।

बीबीसी बाट

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट