२४ घण्टामा टिचिङ अस्पतालमा चार कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति : September 13, 2020


काठमाडौं ।काठमाडौंको टिचिङ अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमित व्यक्तिको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा काठमाडौंका तीन जना र सिन्धुपाल्चोकका एक जना पुरुष रहेको अस्पतालका कोभिड टिम सदस्य डा सविन थपलियाले बताए ।

ज्यान गुमाउनेमा काठमाडौंका ५९, ६४ र ७० वर्षीय पुरुष छन्। त्यस्तै सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुष रहेका छन्।।
काठमाडौंका ५९ वर्षीय पुरुष गत भदौ १९ गते अस्पताल भर्ना भएका थिए । मधुमेहका समेत रोगी रहेका उनको गए राति सवा ११ बजे मृत्यु भएको हो।

काठमाडौंकै अर्का ६४ वर्षीय पुरुषको भने आइतबार बिहान साढे २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
किड्नी फेल भएका उनी केही समययता डायलासिस गराउँदै आएका थिए। काठमाडौंकै ७० वर्षीय वृद्धको शनिबार ४ बजे मृत्यु भएको थियो।

सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुषको भने शनिबार राति साढे १२ बजे मृत्यु भएको डा। थपलियाले जनाए। उनमा कोभिड निमोनियाको समस्या रहेको थपलियाले बताए ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट