५ महिनामा नेपाल भित्रिए ६०३ जना विदेशी पर्यटक, आगमनमा ९९.९ प्रतिशत कमी

प्रकाशित मिति : September 13, 2020


काठमाडौं । ५ महिनाको अवधिमा ६०३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । कोरोना भाईरस रोकथाम तथा नियन्त्रण लगाएको चैत्र महिनायता पर्यटक आगमन बन्द भएपनि काम विशेषले नेपाल आउने विदेशी पर्यटकको संख्या भने ६ सय ३ जना पुगेको छ ।
अप्रिल २०२० देखि अगष्ट २०२० सम्म ५ महिनाको अवधिमा हवाईमार्ग प्रयोग गरी ६ सय ३ पर्यटक नेपाल आएका संस्कृति, पर्यटन तथा नागरिक नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

सेप्टेम्बरपछि भने विदेशी नागरिकको आगमन बढ्दैछ । किनकी १ सेप्टेम्बरबाट सरकारले संयुक्त राष्ट्रसंघ, कूटनीतिक नियोग र विकास साझेदार संघ संस्थाका कर्मचारी र उनीहरुको परिवारका लागि नेपाल आगमन खुला गरेको छ ।
यो संख्या करिव ९९.९ प्रतिशतले पर्यटक कमी आएको देखाएको छ । पछिल्लो ५ महिनामा नेपाल आएका विदेशीको संख्या सन् २०१९ को यसैअवधिको तुलनामा भने ९९.९ प्रतिशत कम रहेको बताईएको छ । सन् २०१९ को अप्रिलबाट अगष्टसम्म कुल ४ लाख २ हजार ९ जना पर्यटक नेपाल आएका थिए । हवाई मार्ग प्रयोग गरी नेपाल प्रवेश गर्ने सबै विदेशीलाई नेपालले पर्यटक मान्ने गरेको छ । सन् २०२० को अगष्ट महिना मात्र २ सय ६५ जना विदेशी नेपाल आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट