कोरोना विरुद्ध लकडाउनविना पाकिस्तानले यसरी गर्यो सफलता

प्रकाशित मिति : September 13, 2020


काठमाडौं । पाकिस्तानले कोरोना नियन्त्रणमा सफलता पाएको घोषणा गरेको छ र विश्व स्वास्थ्य संगठनले पनि उसलाई यसका लागि प्रशंसा गरेको छ । निकै कम परीक्षण गरेर पनि पाकिस्तानले कोरोना नियन्त्रण गर्न सफल भएको हो ।

पाकिस्तानमा अहिलेसम्म कोरोनाका ३ लाख १ हजार ४८१ केस देखिएका छन् भने ६३ सय ७९ जनाको मृत्यु भएको छ । पाकिस्तानमा कोरोना संक्रमणको पहिलो केस जनवरी महिनामा देखिएको थियो । जुन १४ मा ६८ सय २५ केस देखिएपछि संक्रमण घट्दै गएको र बीचबीचमा सानातिना वृद्धि देखिएकाले पाकिस्तानले कोभिड–१९ को वक्ररेखालाई चेप्टो बनाएको अर्थात् कोरोना नियन्त्रण गरेको देखिएको छ । तर पाकिस्तानले १।२५ प्रतिशत भन्दा कम जनसंख्यामा कोरोना परीक्षण गरेको छ ।

पाकिस्तान सरकारको वेबसाइटमा उल्लेख भएअनुसार, सबभन्दा धेरै परीक्षण जुन २० मा गरिएको थियो जतिखेर देशमा संक्रमण चरममा पुगेको थियो । त्यसपछि परीक्षणको मात्रा घटाउँदै लगियो । पाकिस्तान सरकारका आलोचकहरूले पाकिस्तानमा मृत्युदर कम हुनुमा त्यहाँको युवा जनसंख्या कारण रहेको बताएका छन् । तर सरकारले स्मार्ट लकडाउन तथा हर्ड इम्युनिटी लगायतका कारणले कोभिड–१९ को कम संक्रमण र मृत्यु भएको बताएको छ ।

‘हाम्रो स्मार्ट लकडाउन रणनीति सफल भएको छ र अनेकौं मुलुकले प्रधानमन्त्री इमरान खानको भिजनलाई अनुसरण गरिरहेका छन्,’ परराष्ट्रमन्त्री महमूद कुरैशीले जुलाई महिनाको अन्त्यतिर बयान दिएका थिए । मेडिकल माइक्रोबायोलोजी यान्ड इन्फेक्सियस डिजीजेज सोसाइटी पाकिस्तानले पनि एक बयान जारी गरेर अग्रणी सरुवा रोग विशेषज्ञको सल्लाहमा आधारित रही बनाइउको स्मार्ट लकडाउनको रणनीति नै देशमा कोरोना संक्रमण रोक्ने व्यावहरिक उपाय भएको जानकारी दिएको थियो । संक्रमणको अनुपात तथा गति बढी भएका शहरहरू पहिचान गरेर त्यहाँ रोग सीमित पार्नका लागि नियन्त्रणात्मक उपायहरू अपनाइएको थियो । सरकारले कहिले पनि देशभरि लकडाउन लगाएन ।

अनि परीक्षण, ट्रेसिङ र क्वारेन्टीनको रणनीति इमान्दारीका साथ अपनाइयो । स्मार्ट लकडाउन रणनीतिअन्तर्गत जीवन र जीवनयापनमा सन्तुलन ल्याइयो । व्यापारिक प्रतिष्ठानहरू खोलियो अनि संक्रमण क्लस्टरहरूमा सचेतना तथा रोकथामका उपायहरू अपनाइयो । महामारीका कारण आर्थिक क्षति बेहोरेको पाकिस्तानमा अप्रिल महिनाको आरम्भतिर नै केही कारखाना खुलेका थिए भने लकडाउन पनि खुुकुलो बनाउँदै लगिएको थियो । मंगलवारदेखि सबै शैक्षिक संस्थानहरू खोलिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट