ओम्नी समूहलाई सरकारको डण्डा, एक वर्षसम्म कालोसूचीमा

प्रकाशित मिति : September 14, 2020


काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नी समूह एक बर्षका लागि कालोसूचीमा परेको छ । सम्झौता अनुसारको मेडिकल सामाग्री आयात नगर्ने कम्पनी ओबीसीआई प्रालि (ओम्नी) कालोसूचीमा राखेको हो ।

भदौ २८ देखि लागू हुनेगरी १ वर्षका लागि ओम्नीलाई कालोसूचीमा राखेको हो । अब १ वर्ष सार्वजनिक निकायको कुनै पनि खरिद तथा ठेक्का प्रक्रियामा भाग लिन नपाउने भएको हो ।

ललितपुर कृष्णगल्ली कार्यालय भएको र तुलहरी सिंह प्रमुख व्यक्ति रहेको ओबीसीआई प्रालिलाई स्वास्थ्य सेवा विभागको सिफारिसमा १ वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

ओम्नी समूहलाई स्वास्थ्यसेवा विभागले गत चैतमा करीब १ अर्ब २५ करोड रुपैयाँको मेडिकल सामग्री खरिदकोे ठेक्का दिएको थियो । मेडिकल सामग्री खरिदमा करोडौं रूपैयाँ अनियमितता गर्न खोजेको आरोप लागेपछि विभागले ठेक्का खारेज गरेर ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट