काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाँकेले प्रतिबन्धित लागुऔषध अफिमसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुकुम पूर्व पुथा उत्तर गंगा गाउँपालिका वडा नं ८ निवासी ५३ वर्षीय धनबहादुर सेन र दाङको घोराही उपमहानगरपालिका वडा नं १९ निवासी २४ वर्षीय वसन्त घर्ती रहेका छन ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी निरीक्षक सहितको टोलीले उनीहरूलाई बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नं १ कुशुमबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुवास खड्काले बताए ।
उनीहरुको झोलामा १० वटा पोलिथिनका पोकामा अफिम फेला परेको प्रहरीेले जनाएको छ।
उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ ९६० को उपदफा ९३० बमोजिम १५ वर्षदेखि जन्मकैद तथा ५ लाखदेखि २५ लाखसम्म जरिवाना हुन सक्ने व्यवस्था रहेको छ ।