काठमाडौं । कोरोना भाइरस कोभिड १९ बाट बुटवलमा थप एक जनाको ज्यान गएको छ ।
कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका ५ की ४७ वर्षीया महिलाको मुत्यु भएको हो ।
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा यही भदौ २१ गते मिर्गौलाको डायलिसिस गराउन आएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि कोरोना विशेष अस्पताल बुटवलमा लगिएको थियो । सघन उपचार कक्षमा राखेर उनको उपचार भइरहेको थियो ।