कोरोनाबाट ९ लाख २८ हजार गुमाए ज्यान

प्रकाशित मिति : September 14, 2020


काठमाडौं । कोरोना संक्रमणबाट ९ लाख २८ हजार ३ सय ४० जनाले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले सोमबार जानकारी दिएको छ ।

संगठनका अनुसार विश्वमा २ करोड ९१ लाख ८९ हजार ६ सय ५५ जना कोरोना संक्रमित भएका छन ।
तीमध्ये २ करोड १० लाख ३१ हजार ७६८ जना कोरोना मुक्त भएका छन ।
हाल विश्वमा ७२ लाख २९ हजार ७४७ जना कोरोना संक्रमितको उपचार भइरहेको पनि संगठनले जानकारी दिएको छ ।

संक्रमितहरु मध्ये ६० हजार ५११ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
गत वर्ष डिसेम्बरको अन्त्यमा चीनको हुबे प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

कोरोनाबाट अत्यन्त प्रभावित १० देशहरु
कोरोनाबाट सर्वाधिक प्रभावित देशमध्ये पहिलो स्थानमा अमेरिका रहेको छ । अमेरिकामा ६७ लाख ८ हजार ४५८ जनामा कोरोना संक्रमित रहेका छन् । यहाँ ३९ लाख ७४ हजार ९४९ जना कोरोना मुक्त भएका छन् भने १ लाख ९८ हजार ५२० व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दोस्रोमा रहेको भारतमा ४८ लाख ४६ हजार ४२७ जना कोरोना संक्रमति रहेका छन् । यहाँ ३७ लाख ८० हजार १०७ कोरोना मुक्त भएका छन् भने ७९ हजार ७५४ जनाको मृत्यु भएको छ ।

तेस्रोमा रहेको ब्राजिलमा ४३ लाख ३० हजार ४५५ जना कोरोना संक्रमति रहेका छन् । यहाँ ३५ लाख ७३ हजार ९५८ कोरोना मुक्त भएका छन् भने १ लाख ३१ हजार ६६३ जनाको मृत्यु भएको छ ।
चौथो रुसमा १० लाख ६२ हजार ८११ जनामा कोरोना संक्रमित छन् । यहाँ ८ लाख ७६ हजार २५५ कोरोना भाइरस मुक्त भएका छन् भने १८ हजार ५७८ जनाको मृत्यु भएको छ ।

पाँचौं स्थानमा रहेको पेरुमा ७ लाख २९ हजार ६१९ जनामा कोरोना संक्रमण रहेको छ । यहाँ ५ लाख ६६ हजार ७९६ जना कोरोना मुक्त भएका छन् भने ३० हजार ७१० जनाको मृत्यु भएको छ ।
छैटौं कोलम्बियामा ७ लाख १६ हजार ३१९ जनामा कोरोना संक्रमण रहेको छ । यहाँ ५ लाख ९९ हजार ३८५ कोरोना मुक्त भएका छन् भने २२ हजार ९२४ जनाको मृत्यु भएको छ ।


मेक्सिकोमा ६ लाख ६८ हजार ३८१ जनामा कोरोना संक्रमण रहेको छ । यहाँ ४ लाख ७१ हजार ६२३ कोरोना मुक्त भएका छन् भने ७० हजार ८२१ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ६ लाख ४९ हजार ७९३ जनामा कोरोना संक्रमण रहेको छ । यहाँ ५ लाख ७७ हजार ९०६ कोरोना मुक्त भएका छन् भने १५ हजार ४४७ जनाको मृत्यु भएको छ ।

स्पेनमा ७ लाख ७६ हजार ६९७ जनामा कोरोना संक्रमण रहेको छ भने २९ हजार ७४७ जनाको मृत्यु भएको छ ।
अर्जेन्टिना ५ लाख ५५ हजार ५३७ जनामा कोरोना संक्रमण रहेको छ । यहाँ ४ लाख १९ हजार ५१३ कोरोना मुक्त भएका छन् भने ११ हजार ३५२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट