काठमाडौं । नेपाल फाइनान्सले आगामी अशोज १० गते ८ वर्षको साधारणसभा गर्न लागेको छ । नेपाल फाइनान्स लिमिटेडले एकैपटक ८ वर्षको वार्षिक साधारण सभा आह्वान गरेको छ ।
फाइनान्सको भाद्र २८ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले बिसौँ, एक्काइसौँ, बाइसौँ, तेइसौँ, चौबिसौँ, पच्चिसौँ, छब्बिसौँ र सत्ताइसौँ साधारण सभा एकैचोटी गर्न लागेको हो । साधारणसभा सभा असोज १० गते फाइनान्सको केन्द्रिय कार्यालय, कमलादी, काठमाडौँमा हुने कम्पनीले जनाएको छ । गत भाद्र ११ गते एल्लो प्यागोडा होटल कान्तिपथमा गर्ने भनिएकोमा साधारणसभा कोरोना भाइरसका कारण लगाइएको निषेधाज्ञाको कारण रोकिएको थियो ।
फाइनान्सले निष्कासन गर्न लागेको १ बराबर १।७५ को अनुपातमा हकप्रद शेयरको प्रस्ताव पारित गर्ने जनाएको छ । कम्पनीले १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद निष्कासन गर्न लागेको छ । फाइनान्सको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।