इम्बोस्ड नम्बर देवनागरी लिपिमा बनाउने तयारी सुरु

प्रकाशित मिति : September 15, 2020


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सवारी साधनमा देवनागरी लिपि कायम रहने आवश्यक प्रक्रिया सुरू भएको बताएका छन ।

नेपाल प्रज्ञा प्रतिष्ठानका तर्फबाट आज ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री नेम्वाङ्ले प्रधानमन्त्री केपी शर्मा ओलीबाट सोबारे निर्देशन प्राप्त भइसकेको र आफूले समेत यातायात व्यवस्था विभागका महानिर्देशकलाई कानुनी प्रक्रिया पूरा गरी ऐनमा संशोधन गर्नुपर्ने भए सो प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिइसकेको बताए ।

नेपाल सरकारको निर्णयानुसार २०७४ भदौ ५ गतेदेखि सवारी साधनमा रोमन लिपिको अङ्ग्रेजी भाषामा इम्बोस्ड नं। प्लेट राख्न सुरू गरिएकामा प्रज्ञा–प्रतिष्ठानका तर्फबाट यसअघि कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक ओलीलाई भेटी सवारी साधनमा देवनागरी लिपि नै रहनुपर्नेतर्फ ध्यानाकर्षण गराएका थिए।

मन्त्री नेम्वाङ्लाई सोमबार प्रतिष्ठानका तर्फबाट सदस्य सचिव प्रा। जगतप्रसाद उपाध्याय र प्राज्ञ परिषद् सदस्य प्रा।डा। हेमनाथ पौडेलले भेटी कार्यान्वयनका निम्ति ध्यानाकर्षणपत्र बुझाएका हुन्
सबै नेपालीहरूको साझा सम्पर्क भाषाका रूपमा रहेको नेपाली भाषा र देवनागरी लिपिको संरक्षण र संवद्र्धनका निम्ति आफू सदैव तत्पर रहेको कुरा उनले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट