काठमाडौं । १ लाख नाघेर ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मुल्यमा मंगलबार भारी गिरावट आएको छ । मंगलबार सुनको मूल्यमा भारी गिरावट आएर १७ सयले घटेको छ ।
नेपाली बजारमा सुनको मूल्यमा एकैपटक प्रतितोलामा १७ सय रुपैयाँले घटेर एतिहासीक रेकर्ड कायम गरेको छ । सुनको मुल्यमा अझै गिरावट आउने विश्लेशकहरुले बताएका छन । सोमबार ९७ हजार २ सयमा कारोवार भएको तेजावी सुन मंगलबार भने प्रतितोला ९५ हजार ५५० रुपैयाँ कायम भएको छ ।
मंगलबार सुनको मूल्य आज १७ सयले घटेर तोलामा ९५ हजार ५ सयमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँ दीको मूल्य भने तोलामा ९० रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोलामा १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।