काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प बुधबार बिहान पाँच बजेर १९ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे क्षेत्र केन्द्रविन्दु भएर भुकम्प गएको हो ।
भुकम्पले काठमाडौंमासमेत हल्लाएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर भुकम्प गएको हो ।
केही समयअघि लगातार पहिलोको जोखिम रहेको सिन्धुपाल्चोकमा भुकम्पले झनै पहिरोको संभावना बढाएको छ । सिन्धुपाल्चोकको बाह्रविसेलगायतका क्षेत्रमा केही ठूला पहिरोले गाउँ नै बगाउँदा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो ।