बजारमा छ्यापछ्याप्ती विषाक्त सेनिटाईजर, अनुगमन खोइ ?

प्रकाशित मिति : September 16, 2020


काठमाडौं । नेपाली दुई कम्पनीको सेनिटाईजरमा विषाक्त रसायन प्रयोग गरिएको भेटिएको छ । त्यस्तै भारतीय र चिनियाँ कम्पनीको सेनिटाइजरमा पनि विषाक्त रसायन प्रयोग भएकाले प्रयोग नगर्न आग्रह गरेको छ ।

औषधि व्यवस्था विभागले गरेको परिक्षणमा पुनः ४ कम्पनीले विषाक्त रसायन मिसाएर सेनिटाइजर उत्पादन गरेको पाईएकाले उक्त सेनिटाईजर प्रयोग नगर्न ग्रहाकलाई विभागले आग्रह गरेको छ ।

चिनियाँ कम्पनी गोन्जाउ फाइन ओबोपेकल नन्–वासिङ एन्टिब्याक्टेरियल सोलुसनको १ सय २० एमएलको सेनिटाइजरमा इथानोल ६८ प्रतिशत रसायन मिसाएको भेटिएको हो । त्यस्तै भारतीय कम्पनी आरएल क्रपले उत्पादन गरेको पामाकियर इस्ट्यान्ट ह्यान्ड सेनिटाइजर ६० एमएलको बोटलमा ६६ प्रतिशत इथानोल रसायन मिसाएको भेटिएको हो । त्यस्तै नेपाली कम्पनी सम्पदा हेल्थकेयरको सासा इस्ट्यान्ट ह्यान्ड सेनिटाइजर ५० एमएलको बोटलमा मिथानोल ३९.३४ प्रतिशत र श्रीनाथ हर्बल कस्मेटिक इन्डस्ट्रीले उत्पादन गरेको ६५ एमएलको सेनिटाइजरमा मिथानोल ५५ प्रतिशतसम्म रसायन भेटिएको विभागले जनाएको छ ।

विभागले राष्ट्रिय औषधि प्रयोगशालामा नमुनाहरू परीक्षण गर्दा गम्भीर लापरबाही गरेकोले प्रयोग नगर्न सर्वसाधारणलाई अपिल गरिएको छ । यस्तै बजारबाट सबै सामाग्री फिर्ता गर्न समेत भनिएको छ । कोभिड रोकथामका लागि प्रयोग गरिने सेनिटाइजरमा न्यूनतम ६५ प्रतिशत अल्कोहल हुनुपर्ने मापदण्ड छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट