कोरोनासम्वन्धि भारतमा डरलाग्दो पूर्वानुमान

प्रकाशित मिति : September 16, 2020


काठमाडौं । भारतमा कोरोना भाइरससमवन्धि डरलाग्दो पूर्वानुमान बाहिर आएको छ । भारतमा कोरोना संक्रमण यसरी नै बढ्ने हो भने अक्टोबरसम्म विश्वमै सबैभन्दा बढी संक्रमित भारतमा हुने अनुमान छ । पछिल्ला केही हप्तादेखि निरन्तर भारतमा कोरोना संक्रमितको संख्या दैनिक ९० हजारको हाराहारीमा अगाडि बढिरहेको छ ।

भारतमा हर १० लाख मानिसमध्ये ४२ हजारको कोरोना परीक्षण गरिएको छ । जसमा ३ हजार ५ सय संक्रमित भएका छन् । पहिलो १० लाख संक्रमित पुग्न १६९ दिन लागेकामा पछिल्लो १० लाख संक्रमित थपिन मात्र ११ दिन लागेको छ । यही गतिले भारतको स्थिति भयावह हुने देखिएको हो ।

३० सेप्टेम्बरसम्म ६५ लाख सम्भावित संक्रमित हुँदा ९५ हजार मानिसको ज्यान जानेछ । त्यस्तै ३१ अक्टोबरसम्म ९२ लाख संक्रमित हुँदा १ लाख २३ हजारको ज्यान जानेछ । ३० नोभेम्बरसम्म १ करोड १९ लाख संक्रमित हुँदा मृतक १ लाख ५३ हजार पुग्नेछन् ।

त्यस्तै ३१ डिसेम्बरसम्म डेढ करोड संक्रमित हुँदा १ लाख ८४ हजार मानिसको ज्यान जान सक्ने पनि अनुमान गरिएको छ । तीन महिनाको अवधिमा सबैभन्दा धेरै ४६ लाख भन्दा बढी संक्रमित भारतमै पाइएका छन् । निको हुनेको रेट भने बढी नै छ । ५० लाख संक्रमित हुँदा ३९ लाख निको भएका छन् । यो ७८ प्रतिशत हो ।

त्यस्तै ५ करोड ९० लाख मानिसको परीक्षण गरिँदा ८।४७ प्रतिशतमात्र संक्रमित भएका छन् । हाल भारतमा कोरोना संक्रमितको संख्या ५० लाख १८ हजार ३४ पुगेको छ ।मंगलबार ९१ हजार ९६ जना संक्रमित थपिएपछि कुल संक्रमित आधा करोड नाघेका हुन् । सक्रिय संक्रमितको संख्या ९ लाख ९६ हजार १२२ रहेको छ ।

मंगलबार ८२ हजार ८४४ जनालाई निको भएको छ । हालसम्म ३९ लाख ३९ हजार १११ जना कोरोनामुक्त भएका छन् । मृत्यु हुनेको संख्या ८२ हजार ९१ पुगेको छ । मंगलबार १ हजार २८३ जनाको ज्यान गएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट