सामान्य अंकले बढ्यो सेयर कारोबार १ अर्ब ८४ करोड रुपैयाँ

प्रकाशित मिति : September 16, 2020


काठमाडौं । बुधवार सेयर बजार ५.३६ अंक बढेर १५४१.४० विन्दुमा रोकिएको छ । बुधबार १५३७.३५ विन्दुबाट सुरु भएको सेयर बजार तीन घण्टामा १५४३.६९ विन्दुसम्म पुगेको थियो । तर लगानीकर्ताहरु नाफा बुक गर्न लागेपछि सुचक सो विन्दुभन्दा तल आएर १५४१.४० विन्दुमा बन्द भएको छ ।

बुधबार १९४ कम्पनीको ६३ लाख ९० हजार ८३ कित्ता सेयरको १ अर्ब ८४ करोड ५६ लाख बराबरको सेयर कारोबार भएको छ । बुधवार ४ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । घलेम्दी हाइडोपावर कम्पनी, बरुण हाइडोपावर, सिनर्जी पावर डेभलपमेन्ट र एनआरएन लघुवित्तको सेयर मुल्य १० प्रतिशत बढेको हो ।

साथै, रिलायन्स लाइफ इन्स्योरेन्स, युनाइटेड मोदी हाइड्रो, छ्याङदी हाइडोपावर, सोल्टी होटलको सेयर मुल्य साढे ९ प्रतिशत माथि बढेको छ । नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी ९ करोड ६१ लाखको सेयर कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ४६ लाख ७७ हजारको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट