सेयर बजारमा दोब्बर लगानी बढाउने कर्मचारी संचय कोषको तयारी, कुन क्षेत्रमा कति लगानी ?

प्रकाशित मिति : September 16, 2020


काठमाडौं । सेयर बजारमा दोब्बर लगानी बढाउन कर्मचारी संचय कोषले तयारी सुरु गरेको छ । सरकारले सेयर बजारको बजार निर्माताको काम गर्न १ वर्षअघि गरेको आग्रह बमोजिम कोषले लगानी थप्न लागेको हो ।

कोषले सेयर बजारमा लगानी बढाउन गतवर्षदेखीनै लागिपरेको थियो । पछिल्लो समय अक्सनको सेयर, आईपिओमा लगानी गर्दै आएको कोषले सेयर बजारमा लगानी दोब्बर पुर्याउने लक्ष लिएको छ । कर्मचारी संचय कोषको सेयर बजारमा हाल लगानीको ५ प्रतिसतमात्रै रहेको छ । कोषको लगानी हाल ३ सय ८२ अर्व लगानी रहेको छ । सोको ५ प्रतिसत अर्थात सेयर बजारमा ७ अर्व कोषको लगानी रहेको छ ।

कोषले सेयर बजारमा १५ प्रतिसतसम्म लगानी बढाउन सक्छ । अझै ८ प्रतिसत सेयर बजारमा लगानी गर्ने लक्ष रहेको कर्मचारी संचय कोषका प्रशासक तुलसी प्रसाद गौतमले बताए ।


कुन क्षेत्रमा लगानी कती ?

कोषले सबैभन्दा बढी संचयकर्ता सापटीमा लगानी गरेको छ । कोषले १९० अर्व संचयकर्ता सापटीमा लगानी गरेको कोषका लगानी विभाग प्रमुख तथा मुख्य प्रवन्धक अर्जुन गौतमले बताए । त्यसैगरी कोषले १०७ अर्व बैंकमा मुद्धतीमा राखेको छ । बैंकको व्याजदर घटेसंगै कोषको आन्दानी पनि घट्ने देखिन्छ । त्यस्तै कोषले ६२ अर्व प्रजेक्ट फाइनान्सीङमा लगानी गरेको छ । जस अन्र्तगत ठुला पुर्वधारसमेत पर्छन । कोषले टुरिजम्, हाइड्रोपावर, सिमेन्टलगायत उद्योगमा लगानी गरेको छ ।

बैंक मद्धती घटाउँछौं : गौतम

कर्मचारी संचय कोषका प्रशासक तुलसी प्रसाद गौतमले बैंकमा मुद्धती राखेर बस्ने काम कोषको नरहेको बताए । अर्थपथसंग कुरा गर्दै प्रशासक गौतमले ‘भने हामी बैंकमा राखेको डिपोजिट अन्य क्षेत्रमा लगानी गर्ने तयारीमा छौं ।’ कोषले हाल विभिन्न क वर्गका वाणिज्य बैंकहरुमा १०७ अर्व राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट