आन्तरीक उडानको तयारी नपुगेपछि अशोज ५ बाट गर्ने वायु सेवा कम्पनी र पर्यटन मन्त्रालयविच सहमती

प्रकाशित मिति : September 16, 2020


काठमाडौं । आन्तरिक उडान असोज ५ गतेपछि मात्रै सञ्चालनमा आउने भएको छ । असोज १ गतेबाट आन्तरिक उडान शुरु गर्ने भनिएपनि समय थप गरिएको हो । नेपाल वायुसेवा सञ्चालक संघ र पर्यटन तथा नागरिक उडड्न मन्त्रालयबीच भएको छलफलपछि आन्तरिक उडान असोज ५ देखि मात्रै सुरु गर्ने सहमति भएको हो ।

सरकारले असोज १ गते उडान गर्न अनुमति दिएको भएपनि वनयुसेवा कम्पनीहरुले कोरोना सम्वन्धि तयारी नगरेका कारण ५ गतेपछि मात्रै उडान सञ्चालन गर्न मन्त्रालयसंग सहमति भएका हुन् ।

असोज ५ बाट सुरु गर्दा वायुसेवा सञ्चालकहरुले सुरक्षा तथा स्वास्थ्यसम्वन्धी मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने सहमति भएको संघका प्रवक्ता योगराज कंडेलले बताए । भाडा दरले मन्त्रालयले तोकेको भाडा दरको माथिल्लो सिलिङसम्म जान पाउने तर बढाउन भने नपाइने मन्त्रालयले शर्त राखेको छ ।

१ हजार ५३९ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५३९ जना कोरोना संक्रमित थपिएका छन् ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा यी व्यक्तिमा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५८ हजार ३२७ जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा थप १०६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित नेपालमा हालसम्म ४१ हजार ७०६ उपचारपछि निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट