रातारात करिव ३२ करोडको कारोबार, वित्तीय अपराध भएको लगानीकर्ताको आरोप

प्रकाशित मिति : September 16, 2020


काठमाडौं । नेप्सेको पुरानो वेवसाइट अनुसार आज नेप्से ५.३७ अंकले वृद्धि भएर १५४१.४० विन्दुमा रोकिएको छ । दिनभर १९४ कम्पनी कारोबारमा आएर ६३ लाख ६९ हजार ६ सय १८ कित्ता सेयर बिक्रि हुँदा १ अर्ब ८० करोड ५८ लाख १२ हजार १५ रुपैयाँ बराबरको कारोबार भएको छ । यता नयाँ वेवसाइट अनुसार सोही कम्पनीको ६३ लाख ८८ हजार ५ सय ५९ कित्ता सेयर बिक्रि हुँदा १ अर्ब ८१ करोड २२ लाख ७६ हजार ३ सय ९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

रातारात लगभग ३२ करोडको कारोबार

मंगलबार बजार बन्द हुँदा १ अर्ब ८० करोड १ लाख ९७ हजार रुपैयाँको सेयर कारोबार भएको थियो । तर रातारात कारोबार रकम बढेर २ अर्ब ११ करोड ९९ लाख ३९ हजार ५५८ रुपैयाँ पुगेको छ । रातारात नेप्सेको अन्य सूचक उस्तै भएपनि कम्पनीको सेयर कित्ता र र कारोबार रकममा अन्तर देखिएको छ ।

मंगलबार १९१ कम्पनीको ५७ लाख २३ हजार ५६३ कित्ता सेयर १ अर्ब ८० करोड १ लाख ९७ हजार रुपैयाँको सेयर किनबेच भएको थियो । तर एकाएक बुधबार बिहान नेप्सेको सिस्टममा १९३ कम्पनीको ६६ लाख ९७ हजार ४९६ कित्ता सेयर २ अर्ब ११ करोड ९९ लाख ३९ हजार ५५८ रुपैयाँको सेयर किनबेच भएको देखिएको छ । यसर्थमा रातारात ३१ करोड ८८ लाख ४२ हजार ५५८ रुपैयाँ बढी कारोबार भएको देखिएको छ ।

नेप्सेको प्रवक्ता मुराहरी पराजुलीले यस विषयमा सम्बन्धीत शाखामा बुझे पछि मात्रै के भएको रहेछ भन्न सकिने बताए । रातारात यसरी कारोबार हुनुलाई वित्तीय अपराधको रुपमा लिुनपर्ने लगानीकर्ताको भनाइ रहेको छ । यस विषयमा धितोपत्र बोर्डले नेप्सेलाई रातारात ३१ करोड ८८ लाख रुपैयाँको कारोबार गरेपछि कसरी यो कारोबार भयो भनेर प्रस्टिकरण सोधेको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट