काठमाडौं । नबिल बैंकले व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा अत्यन्त आकर्षक योजना शुरू गरेको छ । नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर आर्जन प्रदान गर्ने र कर्जाको हकमा सोको लागत घटाउने हुनाले यस योजनाले महामारीको कारण हुने आर्थिक कठिनाइ कम गर्न मद्दत पुर्याउने छ भन्ने बैंकले आशा गरेको छ ।
यस योजना अन्तर्गत १३ देखि २४ महिना सम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९ % ब्याजदर प्रदान गरिनेछ । त्यस्तै गरी १ बर्ष सम्मको मुद्दती खातामा बैंकले ८.५ % ब्याजदर प्रदान गर्दैछ । २ बर्ष भन्दा माथि र ५ बर्ष सम्मकँ व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.२५ % ब्याजदर र ५ व्ँर्ष भन्दा माथि व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.५०% ब्याजदर प्रदान गरिनेछ ।
साथै, कर्जा अन्तर्गत निम्न बमोजिमको ब्याजदरमा कर्जा प्रदान गर्ने निर्णय गरेको छ ।
घर कर्जामा: ७.४९%
धितो कर्जामा र व्यक्तिगत ओभरड्राफ्टमा: ७.९९५
साना तथा मझौला कर्जामा :
रु एक करोड सम्मको कर्जामा: ७.४९%
य रु एक करोड भन्दा माथिको कर्जामा: ७.९९%
यस योजना अन्तर्गत प्रदान गरिएका कर्जाहरुमा एक वर्षसम्म ब्याजदर परिवर्तन गरिने छैन ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायानुकुल सेवा प्रदान गर्दैआएको यस नबिल बैंकका ११९ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको तथा यस बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नवीनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा रहेको छ । नबिल बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नेतर्फ केन्द्रित रहेको छ ।