काठमाडौं । मुक्तिनाथ विकास बैंकले कोरोनाको महामारीको विषम परिस्थितीमा ग्राहकहरुले सुरक्षित बैंकिङ्ग कारोबार गर्न मिल्ने गरी ईलेटर (E-LETTER) सेवा सञ्चालनमा ल्याएको छ ।
ईलेटरमार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग(इन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्ने छन् । यो सेवा बैंकको सबै शाखाहरुमा उपलब्ध हुनेछ । उक्त सेवाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले गर्नुभएको थियो ।
बैंकले नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहक वर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदानगर्ने उद्देश्यले ईलेटर सेवा सञ्चालनमा ल्याइएको हो ।
कोरोनाको संक्रमणबाट सुरक्षितभई डिजिटल बैंकिङ्ग कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले भिजा नेटवर्कअन्तर्गत जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।