जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आईपिओ अशोज ११ गते देखी आउँदै

प्रकाशित मिति : September 18, 2020


काठमाडौं । पछिल्लो समय खुलेको जनरल इन्स्योरेन्स कम्पनीको आइपिओ अशोज ११ गतेदेखी १४ गतेसम्म आउने भएको छ । जनरल इन्स्योरेन्सले सर्वसाधारणको लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

जनरल इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको ३० करोडको ३० लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले १ लाख २० हजार कित्ता सेयर कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डका लागि छुट्याएको जनाएको छ ।

कम्पनीले सर्वसाधारणको लागी २७ लाख ३० हजार कित्ता सेयरका विक्री गर्नेछ । कम्पनीको आईपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

जनरल इन्स्योरेन्स कम्पनीको काल ७० करोड चुक्तापुँजी रहेको छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्तापुँजी १ अर्व तोको अनुसार आईपिओ जारी गर्न लागेको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लि. रहेको छ ।

जनरल इन्स्योरेन्सले गत आर्थिक वष २०७६/०७७ मा २० करोड ९६ लाख बीमाशुल्क संकलन गरेको छ । कम्पनीले गत आवमा ५ करोड ६ लाख खुद नाफा गर्न सफल रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ २३ पैसा र जगेडा कोषमा ४ करोड ६६ लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट