काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा दशैं उत्सवको लाभ लिँर्दैै दुईवटा नयाँ उत्पादन मी टिभी ४ एक्स (५५ इन्च) र मी एलईडी टिभी ४ए प्रो (४३ इन्च) सार्वजनिक गरेको छ । यो संगै शाओमीले पहिलो पटक नेपालमा टिभीको नयाँ श्रेणीमा प्रवेश गरेको छ । कम्पनीले आज यी दुवै उत्पादनहरु डिजिटल अनावरणको नयाँ ढाँचामा प्रारम्भ गरेको छ ।
मी टिभी ४ एक्स (५५ इन्च) २०२० संस्करणले नेपालमा ठुलो टिभीमा महत्वपूर्ण परिवर्तन ल्याएको छ । यसमा ४के १० बिट एचडीआर डिस्प्ले सुविधा छ जसलाई शाओमीको इन हाउस इमेज प्रोसेसिंग अल्गोरिदम, भिभिड पिक्चर इञ्जिनले पूरक गरेको छ । एक वास्तविक इमर्सिभ अडियो भिजुअल अनुभव सक्षम गर्दै २० वाट्ट स्पिकर डल्वी अडियो र डीटीएस एचडीको लागि प्रमाणित छन् ।

मी टिभी ४एक्स (५५) २०२० संस्करण गुगलको नयाँ एन्ड्रोइड टिभी ९.० को साथ गुगल एसिसटेन्ट, युट्यूब, क्रोमकास्ट, गुगल प्ले स्टोर र डाटा सेभर बिल्ट—इनमा आउँदछ ।
नयाँ मी एलईडी टिभी ४ए प्रो (४३) ४३ इन्चको १०८०पी पूर्ण एचडी रिजोलुसनको साथ आउँदछ जसले टिभी हेर्ने अनुभवलाई अझ उत्कृष्ट बनाउन थप शिष्टता ल्याउँछ । यसमा उत्कृष्ट संचालन अनुभवका लागि साधारण १२ बटनको ब्लुटुथ मी रिमोट सुविधा छ र डुअल २० वाट्टको स्टेरियो सेटअप छ जसले डीटीएस एचडी साउन्ड प्रदान गर्दै उपभोक्ताको घरमा ठुलो टिभीको सिनेमेटिक अनुभव प्रदान गर्दछ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो, “हामी दुईवटा आकर्षक टिभीहरु सार्वजनिक गर्दै नेपालको हाम्रो उत्पादन पोर्टफोलियोमा एक नयाँ श्रेणीको प्रारम्भ गर्न पाउँदा निकै खुशी छौं । हाम्रो सन्तुष्टि पहिला भन्ने दर्शनका साथ हामी हरेक मी टिभी प्रयोगकर्तालाई व्यक्तिगत इन्टरफेसका साथ अद्भुत अनुभव प्रदान गर्ने आशा राख्दछौं । मी टिभीले यसको उत्कृष्ट सफ्टवेयरका साथ स्मार्ट टिभीको अर्थ परिभाषित गर्दछ र सबैको दर्शनका लागि हाम्रो नविनतामा अडिक रहन्छ । यसलाई नेपालका हाम्रा प्रयोगकर्ता र मी फ्यानले मन पराउनेछन् भन्ने आशा राखेका छौं ।”
दुवै टिभीहरुका लागि सेप्टेम्बर १९ (असोज ३ गते) बाट प्रि—बुकिंग शुरु हुन्छ र मी एलईडी टिभी ४ए प्रो (४३) सेप्टेम्बर २५ (असोज ९ गते) र मी टिभी ४ एक्स (५५) २०२० संस्करण ३० सेप्टेम्बर (असोज १४ गते) बाट हुने कम्पनीले जनाएको छ ।
यस्तो छ मुल्य
मी टिभी ४एक्स (५५) २०२० संस्करण रु.६४,९९९ मा उपलब्ध हुनेछ ।
मी एलईडी टिभी ४ए प्रो (४३) रु.३९,९९९ मा उपलब्ध हुनेछ ।