विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो, ज्यान गुमाउनेको संख्या ९ लाख ५० हजार ना्घ्यो

प्रकाशित मिति : September 18, 2020


काठमाडौं । कोरोना भाइरस कोभिड १९ बाट विश्वभर हालसम्म ३ करोड ३ लाख ७३ हजार ७६१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।


कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ९ लाख ५० हजार ९६५ पुगेको छ भने संक्रमणबाट निको हुनेको संख्या पनि २ करोड २० लाख ५८ हजार ७९ पुगेको छ ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ६८ लाख ७४ हजार ५९६ पुगेको छ। त्यहाँ ज्यान गुमाउनेको संख्या पनि २ लाख २ हजार २१३ छ ।


अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको भारतमा ५२ लाख १४ हजार ६७७ जना संक्रमित भएकोमा ८४ हजार ४०४ जनाले ज्यान गुमाएका छन्।


यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा ब्राजिल रहेको छ । त्यहाँ ४४ लाख ५७ हजार ४४३ जनामा संक्रमण भएकोमा १ लाख ३५ हजार ३१ भन्दा धेरैको ज्यान गएको छ ।
रुसमा १० लाख ९१ हजार १८६ जना संक्रमित भएका छन् भने १९ हजार १९५ जनाको मृत्यु भइसकेको छ। स्पेनमा ६ लाख २५ हजार ६५१ संक्रमित भएकोमा ३० हजार ४०५ जनाले ज्यान गुमाएका छन्।


बेलायतमा ३ लाख ८१ हजार ६१४ संक्रमित भएकोमा ४१ हजार ७०५ जनाको मृत्यु भइसकेको छ। पेरुमा संक्रमितको संख्या ७ लाख ५० हजार ९८ छ भने ३१ हजार १४६ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट