काठमाडौं । सुजुकी कम्पनिको मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भी.जी. अटोमोवाईल्स प्रा लीले आउँदै गरेको वडा दशै, शुभदिपावली तथा छठ पर्व लाई लक्षित गरि आफ्ना ग्राहकहरुका लागि सुजुकी दशै तिहार अफर प्रारम्भ गरेको छ ।
चाड पर्व सबैको हौसला हाम्रो भन्ने नारा लिएको यस अफर अन्तर्गत ग्राहकहरुले सुजुकी कम्पनीका कुनै पनि मोटरसाईकल तथा स्कुटर खरिद गर्दा तत्काल रु १२ हजार नगद छुट तथा १ वर्षको सडक दस्तुर प्राप्त गर्ने छन् साथै एक्सचेन्ज र सरल फाईनान्सको सुबिधा पनि उपलब्ध गराएको छ ।
हाल देशको विसम परिस्थितिमा सुजुकीले आफ्ना ग्राहकहरुलाई सजक र सुरक्षित रहि चाड पर्व मनाउन र सुजुकीदशै तिहार अफरको फाईदा लिन आह्वान गरेको छ ।
सुजुकी दशै तिहार अफरले ग्राहक वर्गहरुको मन जित्ने कुरामा कम्पनी निश्चिन्त छ । सुजुकी कम्पनीको विभिन्न नविनतम मोडल र डिजाईनहरुको मोटरसाईकल तथा स्कुटरले ग्राहक वर्गहरुको मन जित्न सफल अवस्थामा यस योजनाले ग्राहकहरु थप उत्साहित हुने कम्पनिका मार्केटिङ्ग म्यानेजर समित सिंह बताउनु हुन्छ ।