काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढ्दो रहेको छ । उपत्यकामा निषेधाज्ञा खुला भएको दोस्रो दिन नै संक्रमित बढेका हुन । सरकारले अर्थतन्त्र ध्वस्त भएको भन्दै सार्वजनिक सवारीको साथै होटल रेष्टुरेन्ट खुला गरेको थियो ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८५९ जना कोरोना संक्रमित थपिएका छन । यो अहिलेसम्मकै सर्वाधिक संक्रमित देखिएका छन । बिहिबार काठमाडौंमा ६ सय १८ जनामा कोरोना देखिएको थियो । पछिल्लो २४ घण्टामा २ सय ४१ जना थप संक्रमित भेटिएका छन ।
कोरोनाको प्रवाह नगरी मानिसहरु सडकमा निष्कीएका छन । शुक्रबार काठमाडौंमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित थपिएका छन । शुक्रबार देशभर संक्रमितको संख्या ह्वात्तै बढेको छ । २०२० जना संक्रमित थपिदाँ उपत्यकामा पनि ८५९ जना थपिएका छन ।