काठमाडौं । अब सामाजिक सञ्चाल मार्फत कमाएको पैसा नेपालकै खातामा आउने भएको छ । नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालले आम्दानी गरेको पैसा अब नेपालकै बैंक खातामा ल्याउने गरी नयाँ व्यवस्था गरेको हो । हाल युट्युव लगायतका सामाजिक सञ्जालबाट आम्दानी भएको रकम वेस्टर्न युनियन मनि ट्रान्सफरमार्फत् प्रवाह हुने प्रचलन गरहेको थियो ।
एकातिर घुमाउरो बाटोबाट रकम आउँने र त्यसमा पनि बंकले चर्को रकम असुलेर मात्र सामाजिक सञ्जाल प्रयोगकर्तालाई भुक्तानी गर्ने गरेको बारे समाचार प्रकाशन भएको थियो । आफ्ना ग्राहकको रकममा कैंची चलाएर नेपाल ईन्भेष्टमेन्ट बैंकले बदमासी गरेको बारे अनलाइनपानाले केही समय अगाडि समचार प्रकाशन गरेपछि नेपाल राष्ट्र बैंकले नयाँ नियम ल्याएको बुझिएको छ ।
