आयात एक चौथाई घट्दा व्यापार घाटा १ खर्ब ५८ अर्ब

प्रकाशित मिति : September 18, 2020


काठमाडौं । दसै नजिकै आएसंगै आयातमा पनि कमी आएको छ । भन्सार विभागका अनुसार करिव एक चौथाईले आयातमा कमी आएको हो । गत बर्ष भदौ महिनामा १ खर्ब २२ अर्ब ७८ करोडको वस्तु आयात भएकोमा चालु आर्थिक वर्षको भदौ महिनामा ९३ अर्ब ४ करोड भएको विभागले जनाएको छ । समीक्षा अवधिमा आयात २४.२२ अर्थात करिब १ चौथाइले घटेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

गत वर्ष दुई महिनाको अवधिमा २ खर्ब २९ अर्ब ५० करोडको सामान आयात भएकोमा चालु आर्थिक वर्षको २ महिनामा १ खर्ब ७८ अर्ब ८४ करोड रुपैयाँको वस्तु आयात भएको छ । गत वर्षको भदौसम्मको तुलनामा आयात २२।०७ प्रतिशतले घटेको हो ।
समीक्षा अवधिमा निर्यात १०.४८ प्रतिशतले बढेको छ भने भन्सार राजस्व भने २३.९६ प्रतिशतले घटेको ले जानकारी दिएको छ । गत वर्षको भदौसम्म १८ अर्ब ५० करोडको वस्तु निर्यात भएकामा यस वर्षको भदौसम्म बढेर २० अर्ब ४४ करोड पुगेको छ ।

विभागको तथ्यांकअनुसार आयात कम हुँदा भन्सार राजस्व घटेको छ । अघिल्लो वर्ष ६२ अर्ब ९१ करोड भन्सार राजस्व संकलन भएकोमा यस वर्षको भदौसम्म ४७ अर्ब ८४ करोड मात्रै संकलन भएको छ । आयातमा कमी तथा निर्यातमा सामान्य वृद्धि आउँदा व्यापार घाटा घटेको छ । समीक्षा अवधिमा गत वर्ष २ खर्ब ११ अर्बको व्यापार घाटा हुँदा चालु वर्षको भदौसम्म १ खर्ब ५८ अर्ब ४० करोडमा झरेको छ । चालु आर्थिक वर्षको दुई महिनामा कुल वैदेशिक व्यापार १ खर्ब ९९ अर्ब २८ करोड भएको छ । गत वर्ष सोही अवधिमा २ खर्ब ४८ अर्ब भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट