काठमाडौं । अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनले आफूले खोप र वैज्ञानिकहरुलाई विश्वास गर्ने तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वास नगर्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले कतिपय अवैज्ञानिक, अव्यावहारिक र अस्वाभाविक कुरा गरेको र त्यस्ता कुरामा विश्वास गरेको भन्दै उहाँले आलोचना पनि गरेका छन् ।
उनले ट्रम्पका धेरै गतल भूमिकाले अमेरिका र अमेरिकीहरुलाई क्षति पुगेको भन्दै उहाँले ट्रम्पलाई विश्वास नगर्न पनि आह्वान गरेको हुन् । अमेरिकाको आउँदो राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धी ट्रम्प र बाइडनले कोरोना भाइरसको नियन्त्रण र त्यसका लागि गर्ने प्रयासका विषयलाई लिएर मतदाताको मन जित्ने प्रयास गरिरहेका छन् ।
बाइडनले कोरोना भाइरसविरुद्धको खोपमा ट्रम्पले राजनीति गरेको हुन सक्ने आशङ्का पनि गरेका छन् । सार्वजनिक स्वास्थ्य विज्ञहरुसँग कोरोना भाइरसको नियन्त्रण र त्यसका लागि गर्नुपर्ने र गर्न सकिने कामका बारेमा परामर्श गरेपछि उनले यस्तो बताएका हुन् ।
उनले भने, “मैले वैज्ञानिकहरुलाई विश्वास गर्छु, मैले खोपमा विश्वास गर्छु तर म डोनाल्ड ट्रम्पलाई विश्वास गर्दिनँ ।” उनले अमेरिकी नागरिकहरुले पनि आफूले जस्तै वैज्ञानिकहरु र खोपमा विश्वास गर्ने, ट्रम्पलाई विश्वास नगर्ने दाबी गरे ।