विदेशबाट आउने पर्यटकलाई ३ दिन मात्रै क्वारेन्टाइनमा राख्न माग

प्रकाशित मिति : September 18, 2020


काठमाडां । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग उहाँको कार्यकक्षमा भेट गरी पर्यटन क्षेत्रले कोभिड १९ को कारणबाट व्यहोरिरहेको समस्याका बारेमा छलफल गरेका छन् । परिसंघको तर्फबाट अध्यक्ष सतिशकुमार मोर र वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालको उपस्थिति थियो ।

छलफलमा वर्तमान अवस्थामा पर्यटन क्षेत्र धरासायी बन्दै गएकोले यसलाई संकटबाट उठाउनको लागि सरकारले विशेष व्यवस्थाहरु गर्नु पर्ने धारणा परिसंघले राखेको थियो । अहिलेको अवस्थामा पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटक गन्तव्यहरुलाई पूर्णरुपमा सञ्चालन गर्नु पर्ने र होटलहरुलाई गुणस्तर र सेवा सुविधाको आधारमा शुल्क निर्धारण गरी क्वारेन्टाइन र आइसोलेसन सेन्टर बनाउनको लागि प्रोत्साहन गर्नु पर्ने धारणा परिसंघले राखेको थियो ।

त्यसैगरी उड्डयन क्षेत्र विगत ६ महिनादेखि नराम्ररी प्रभावित भएकोले यसमा आवद्ध लगानी कर्ताहरु निरास भइरहेका छन् । रोजगारीको ठूलो हिस्सा ओगटेको उड्डयन क्षेत्रमा देखिएको अन्योलता र सो क्षेत्रका जायज मागहरुलाई सरकारले अविलम्ब सम्बोधन गर्नु पर्ने माग परिसंघले राखेको छ ।

हाल उड्डयनमा सरकारले तोकेको यात्रु संख्या र सो यात्रु संख्याको आधारमा तोकिएको भाडादर समय सापेक्ष र व्यवहारिक नभएकोले यसलाई पुनरविचार गरी पुनः दर निर्धाण गर्न मन्त्री समक्ष अनुरोध गरेको छ ।

त्यसैगरी विदेशबाट आउने पर्यटकलाई हाल चौध दिनसम्मको क्वारेन्टाइनको व्यवस्थालाई परिमार्जन गरी तीन दिनको क्वारेन्टाइनको व्यवस्था गर्नु पर्ने सम्बन्धमा छलफल भयो । त्यसैगरी मन्त्री भट्टराईले कुनै पनि बाहिरबाट नेपाल आउने नागरिकले विगत ७२ घण्टा भित्र पिसिआर टेष्ट गरी रिपोर्ट नेगेटिभ भएको यात्रुलाई सहज रुपमा गन्तव्यसम्म जाने व्यवस्था सरकारले गरेको बताउनु भयो ।

पर्यटन तथा उड्डयन व्यवसाय र यसमा आवद्ध कर्मचारी तथा मजदुरहरु नराम्ररी प्रभावित भएकोले यसलाई गम्भिरतापूर्वक लिनको लागि परिसंघले मन्त्री समक्षा अनुरोध गरेको छ । पर्यटन तथा उड्डयन क्षेत्रले व्यहोर्नु परेका समस्याहरुमा केन्द्रित भई परिसंघले आगामी आइतवार पर्यटन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यमा सम्बन्धित क्षेत्रका विज्ञहरुसँग वेभनारको आयोजना समेत गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट