एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको उद्घाटन स्वास्थ्यमन्त्रीले गर्ने, २४ बुँदे घोषणा पत्र समेत जारी गर्ने

प्रकाशित मिति : September 19, 2020


काठमाडौं । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलनको उद्घाटन शनिबार साँझ ६ बजे हुने भएको छ । भर्चुअल माध्यमबाट हुने उक्त सम्मेलनको उद्घाटन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले गर्ने समितिका अध्यक्ष डाः संजिव सापकोटाले बताउनु भयो । शुक्रबारदेखि सम्मेलनमा विश्व नेपाली घोषणा पत्रमाथि छलफल सुरु भएको छ । त्यस्तै विश्वमा महामारीका रुपमा फैलिएको ‘कोभिड-१९’ ले पारेका असर लगायत विषयमा चरणबद्ध रुपमा अन्तरक्रियात्मक कार्यक्रमहरु भइरहेका छन् ।

सम्मेलनको अवसरमा विश्वमा रहेका नेपाली स्वास्थ्यकर्मीहरुबीच अनुभवको आदानप्रदान, सचेतनाका कार्यक्रम, नेपाली किशोरकिशोरीहरुको अनुभव लगायत विषयमा कार्यक्रमहरु राखिएको छ । त्यस्तै आप्रवासी नेपालीहरुको स्वास्थ्य अबस्था, कोरोनाले मानसिक स्वास्थ्यमा परेको असर, यसबाट बच्ने उपाए लगायत विषयमा छलफल राखिएको छ ।‘

गत वर्षको सेप्टेम्बर २०, २१ र २२ मा अमेरिकाको एटालान्टामा समितिले प्रथम नेपाली विश्व स्वास्थ्य सम्मेलन आयोजना गरेको थियो । समितिका अध्यक्ष सापकोटाले प्रथम सम्मेलन आफैँमा एउटा अत्यन्त ऐतिहासिक रहेको बताउँदै त्यसलाई निरन्तरता दिनुपनि उत्तिकै आबश्यक ठोर दोस्रो सम्मेलन सुरु गरिएको बताउनु भयो ।

कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट नै दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सुरु गरिएको हो । उक्त सम्मेलनले २४ बुँदे विश्व नेपाली स्वास्थ्य घोषणा पत्र समेत जारी गर्नेछ ।

३ दिनसम्म उक्त घोषणा पत्रमाथि छलफल गरिने । सबैका राय सुझाव समेटेर र आइतबार उक्त घोषणा पत्र जारी गरिने डा। सापकोटाले बताउनु भयो । घोषणा पत्रमा आबश्यक कुराहरु पुन थप गर्न सकिने पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट