२० भन्दा बढी मुलुकमा रहेका किशोरकिशोरीले साटे कोरोना कहरको अनुभव

प्रकाशित मिति : September 19, 2020


काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९ ९ कोरोना भाइरस० का कारण घरमै बसिरहेका किशोरकिशोरीहरुले आफ्नो अनुभव साटासाट गरेका छन् ।

गैह्रआवासीय नेपाली संघ अन्तर्गत अन्तराष्ट्रिय समन्वय परिषद्को स्वास्थ्य समितिको दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनका अवसरमा शुक्रबार आयोजित भर्चुअल कार्यक्रममार्फत उनीहरुले आफ्नोे अनुभव साटासाट गरेका हुन् ।

दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनका अवसरमा आयोजित ‘टिनएजर प्रेस्पेक्टिभ अन पेन्डामिक’ विषयक भर्चुअल कार्यक्रममा २० भन्दा बढी मुलुकबाट १२ देखि २० वर्षसम्मका किरोशकिशोरीहरुले सहभागिता जनाएका थिए । सहभागिहरुले कोरोना कहरमा आफू, र आफ्नो परिवारले भोगेका तथा देखेका अनुभवहरु सुनाएका थिए ।

कार्यक्रममा नेपाललगायत नाइजेरिया, क्यानडा, साउदी, अमेरिका, बहराइन, कतार, चीन, लगायत मुलुकमा रहेका किशोरकिशोरीहरुको उपस्थिति थियो । कार्यक्रममा रोबिना पौडेल, अभिलासा खतिवडा, प्रसान्त गौडेल, विक्रम केसी, अस्वीनी सिग्देल, जिया हमाल, सुहिम थापा लगायतले कोरोना कहरको अनुभव सुनाए ।

अधिकांशले कोरोना कहरको सुरुवातमा विद्यालय जान नपरेकोमा आफूहरु खुसी भएको तर लामो समयसम्म घरबाहिर निश्किन तथा सामान्य अबस्थामा जस्तै साथीहरुलाई भेट्न नपाएकोमा गुनासो गरेका थिए ।

कतिपयले यो समयमा विद्यालय जान नपर्ने हुँदा अनलाईन कक्षामार्फत अध्ययन गर्ने र बाँकी समयमा आमबुबालाई सघाउने बताएका थिए । केही कोशोरकिशोरीहरुले कोरोनाको कहरको समयलाई सदुपयोग गर्दै आफ्नो रुचिअनुसारको खेलकुद तथा अन्य क्रियाकलापमा सहभागी भएको उल्लेख गरेका थिए ।

कार्यक्रममार्फत किशोराकिशोरीले कोरोना महामारीका सम्बन्धमा जिज्ञासा समेत व्यक्त गरे । जिज्ञासाको जबाफ एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा संजिव सापकोटाले दिनुभयो ।

डा सापकोटाले कोरोनासँग नडराइ सचेत हुन सबैलाई आग्रह गर्नुभयो ।

स्वास्थ्य सुरक्षाका विषयमा ध्यान दिन नसके कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै उहाँले स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्नु भयो ।

मुटु, मृगौला र मानसिक रोगीलाई कोरोना संक्रमणको जोखिम कति रु कसरी बच्ने ?

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनका अवसरमा शुक्रबार ‘वर्तमान सन्दर्भमा नेपाली आप्रवासीहरुको स्वास्थ्य सवाल र उनीहरुको मानसिक स्वास्थ्य’ विषयक भर्चुअल कार्यक्रम आयोजना गरिएको थियो ।

औपचारिक रुपमा सम्मेलन सुरु हुनुपुर्व शुक्रबार भएको पूर्वसत्रमा देश तथा विदेशमा कार्यरत मानसिक रोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ तथा मृगौला रोग विशेषज्ञहरुको उपस्थिति थियो ।

कार्यक्रम विदेशमा रहेका विभिन्न आप्रवासी नेपालीहरुमा कोरोनाले पारेको असर तथा मुटु, मृगौला र मानसिक रोगीहरुमा कोभिडको जोखिम सम्बन्धमा केन्द्रित थियो ।

पछिल्लो समय वैदेशिक रोजगारी तथा विभिन्न सिलसिलामा विदेशिएका युवाहरुमा मानसिक समस्या देखिने, आत्महत्या गर्ने, विदेश पुगेको केही दिनमा मृगौला खराब भएर फर्कनुपर्ने, हार्डअट्याक लगायत कारणले ज्यान गुमााउने क्रम बढेको कतारमा कार्यरत फिजिसियन डा नितेश अर्यालले बताउनु भयो ।

स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएकाले व्यक्ति आफैँले पनि पहिलो प्राथमिकता स्वास्थ्यमा दिनुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा बोल्दै मानसिक रोग विशेषज्ञ डा प्रभाकर पोख्रेल कोरोना संक्रमण त्रासका कारण मानसिक रोगीहरुलाई थप जोखिम रहेको र आत्महत्या गर्ने प्रवृति बढेको बताउनुहुन्छ । आफ्नो देश छाडेर जानुपर्ने चिन्ताले पनि कतिपयलाई मानसिक समस्या हुने गरेको उहाँको बुझाइ छ । एकातिर भाषा र कामको चिन्ता र अर्कोतिर परिवारसँग बिछोड हुनुपर्दाको पीडाले विदेशिएका युवाहरु डिम्प्रेशनसम्म पुग्ने गरेको डा। पोख्रेलले जानकारी दिनुभयो ।

‘जब आफ्नो परिवार देश छाडेर नयाँ देश जानु परेको अबस्था छ र यसैलाई तनाबका रुपमा लिइयो भने डिप्रेशन हुन्छ’ उहाँले भन्नुभयो । तनाबका कारण विदेशमा नेपालीहरुले आत्महत्या गर्ने प्रवृति बढेको उहाँको भनाई छ ।

मानसिक रोग विशेषज्ञ डा। निस्हिता पाठक पहिलाको तुलनामा कोभिड महामारीपछि मानसिक रोग बढेको बताउनुहुनछ । धुमपान, मध्यपान गर्ने प्रवृति, कोरोना रोग बारे नबुझ्दा यसमाथि उब्जिएको त्रास तथा गर्भवती महिलाहरुमा पनि त्रासका कारण मानसिक रोग बढको उहाँको भनाई छ । मानसिक समस्याबाट बच्न सकारात्मक सोच राख्नुपर्ने , अनाबश्यक तनाब लिन नहुने डाः पाठकको भनाई छ ।

मानसिक रोग लागिसकेपछि चिकित्सकको सल्लाहअनुसार नियमित औषधीको प्रयोग गर्नुपर्ने उहाँले जानकारी दिनुभयो ।

मुटु रोग विशेषज्ञ डा। सुर्य देवकोटाले मुटु रोगिहरुलाई कोरोना संक्रमणको निकै जोखिम हुने बताउनु भयो । अन्य अबस्थाका ३ प्रतिशत संक्रमितले ज्यान गुमाउने जोखिम रहेपनि मुटुरोगीहरुमा कोरोना संक्रमण हुँदा १० देखि १२ प्रतिशतले ज्यान गुमाउने अबस्था रहने डाः देवकोटाले उल्लेख गर्नुभयो ।

‘मुटु रोगिहरु अत्ति जोखिम समुहमा पर्छन । यस्ता रोगीहरुले विशेष ध्यान दिनुपर्छ’ डाः देवकोटाले भन्नु भयो ।

आफूसँग रोग भए पनि लुकाउने, गन्तव्य मुलुकमा पुगेपछि पनि सुगर, प्रेसर जस्ता रोगीहरुले आफूले प्रयोग गरिरहेको औषधी प्रयोग गर्न छाड्ने, धुमपान तथा मध्यपान गर्ने, शारिरीक व्ययम नगर्ने प्रवृतिले विदेशमा पुगेका अधिकांश युवाहरुमा मुटु रोग देखिने उहाँले बताउनु भयो ।

सरकारले मापदण्ड तय गरेर नेपालमा नै मुटुको परीक्षण गरेर विदेश पठाउन सके यसबाट पनि धेरै समस्या सामाधान हुने उहाँको भनाई छ ।

मृगौला रोग विशेषज्ञ डा। मिधान श्रेष्ठ किड्नीका विरामीहरु पनि कोरोना संक्रमणको निकै जोमिमा रहेको बताउनुहुन्छ । किड्नीका विरामीहरुमा रोगसँग लड्ने क्षमता कम हुँदा जोखिम रहेको उहाँको तर्क छ ।

जोखिमबाट बच्न किड्नीका विरामीहरुले आफूले दैनिक प्रयोग गर्दै आएको औषधीहरु नछुटाइ प्रयोग गर्नुपर्ने सल्लाह उहाँको छ ।

फिजिसियन डा। नितेश अर्यालले सञ्चालन गरेको उक्त भर्चुअल कार्यक्रममा थुप्रै स्वाथ्यकर्मीहरुको उपस्थिति थियो । मानसिक रोग विशेषज्ञ डा निस्हिता पाठक, मानसिक रोग विशेषज्ञ डा। प्रभाकर पोख्रेल, मुटु रोग विशेषज्ञ डा। सुर्य देवकोटा र मृगौला रोग विशेषज्ञ डा मिधान श्रेष्ठले कार्यक्रममा धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट