सहारा दिइरहेका संस्था आफै बेसहारा बने पछि

प्रकाशित मिति : September 19, 2020


काठमाडौं । सहारा विहीनहरूलाई सहारा दिइरहेका संस्थाहरू नै अहिले सहारा विहीन भएका छन् । लामो समयको बन्दाबन्दीले सहारा दिइरहेका केही सस्थाहरु सङ्कटमा परेका हुन । धनगढीमा रहेका विभिन्न सामाजिक कार्यमा सक्रिय संस्थाहरुलाई अहिले साँझ बिहानको छाक टार्नै मुस्किल परेको छ । उसो त लकडाउन पहिले पनि सहज वातावरण भने थिएन तर लकडाउन यता झनै संकट उत्पन्न भएको हो ।

मुठी दानबाट सञ्चालित दृष्टि फाउन्डेसन नेपाल धनगढीमा बन्दाबन्दी पूर्व विभिन्न ठाउँहरूबाट सहयोग हुने गरे पनि अहिले सहयोग नआउँदा खान बस्नको समेत समस्या भइरहेको छ । पहिला हाटबजारबाट हप्तामा ३ दिन तरकारी ल्याएर खाने गरे पनि बन्दाबन्दीले गर्दा तरकारी समेत खान नपाएको गुनासो सञ्चालक कल्पना भट्टले बताईन । उनी आज पनि २ सहयोगको माग गर्दे धनगढी उप–महानगरपालिका पुगेकी थिईन । लकडाउन पहिलेसम्म जेनतेन गरी गुजारा चलिरहेकै भएपनि लकडाउन पश्चात भने निबै समस्या भईरहेको उनले बताईन ।

विगतमा ३२ जनाले फाउन्डेसनमा आश्रय लिइरहेको भए पनि लकडाउनमा थप ८ जनाको उद्धार गरेसँगै अहिले ४० जनाले आश्रय लिईरहेका छन । उनले २२ वटा मात्रै बेडहरू हुँदा सुत्नको पनि समस्या भईरहेको गुनासो गरीन् । दृष्टि फाउन्डेसनमा मात्रै होइन धनगढीमै सहारा दिइरहेको मानव सेवा आश्रममा पनि बन्दाबन्दीले गर्दा समस्या भइरहेको छ । मानव सेवा आश्रममा हाल १६ जना महिला,१७ पु?ष र ३ बालबालिका गरेर ३६ जना रहेका छन् । विगतका दिनहरू भन्दा बन्दाबन्दीले कम दाताहरू आउने गरेको मानव सेवा आश्रमका सुदूरपश्चिम प्रदेश सहसंयोजक अच्युत घिमिरेले बताए ।

लकडाउन पहिले सम्म दाताहरुले दिएको खाद्यान्न भरमा जेनतेन सञ्चालन भईरहेपनि बन्दाबन्दी पश्चात भने सबैभन्दा बढी खाद्यान्न जुटाउन समस्या भएको छ । अहिले कोरोनाको त्रासका कारण दाताहरुको उपस्थीती कम हुँदा उक्त समस्या सिर्जना भएको हो । पछिल्लो समय विभिन्न उत्सव तथा समारोहका नाममा फजुल खर्च गर्ने प्रवृत्ति बढेको छ । अनावश्यक खर्च गर्नुभन्दा यस्तै सामाजिक कार्यमा सक्रिय संस्थाहरुलाई सहयोग गर्न उनीहरुको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट