स्वतन्त्रता, सुरक्षा र अधिकारका लागि संविधान, सबै नेपालीको पहिचान
२०७२ साल असोज ३ गते यानकी आजकै दिन संसदका आधा भन्दा बढी सांसदको हस्ताक्षरमा तत्कालीन राष्ट्रपती रामवरण यादवबाट पारित नेपालको संविधान २०७२ आफैमा एक कोषेढुङ्गा हो । मुलतः मुलुकमा अमनचयन, सुरक्षा, शान्ती तथा समृद्धी, न्याय, गुणस्तरीय शिक्षा, गुणस्तरयुक्त स्वास्थ्य, लगायतका अधिकार जनतामा समर्पित गर्न ल्याइएको संविधानको कार्यन्वयन केही हदसम्म भए पनि नेपाली जनताको हकमाथी कुण्ठित हुँदै गएको यो कठिन परिस्थितिमा युवा जाग्नुपर्छ ।
अन्यथा नेपालले प्राप्त गरेको ऐतिहासिक सफलता नष्ट हुने सम्भव जस्तै भएको छ । छैटौँ संविधान दिवशका अवसरमा जागौं युवा संस्था, धनगढी र परिवर्तनका लागि युवा नामक क्लवले संयुक्त रुपमा दीप प्रज्वलन गरेको छ । दिप प्रज्वलन गर्दै अब बस्ती बस्ती, गाउँ गाउँ बाट जनता जाग्नुको विकल्प नरहेको उनीहरुले बताएका छन् ।