३ वर्षपछि सेयरका लागि बोलकवोल गर्दै मेगा बैंकको १८ लाख ४० हजार कित्ता हकप्रद लिलामीमा

प्रकाशित मिति : September 20, 2020


काठमाडौं । मेगा बैंक नेपालले १८ लाख ४० हजार कित्ता हकप्रद लिलामाीमा राखेको छ । करिव तीन बर्षपछि मेगा बैंकले नबिकेको हकप्रद सेयर लिलामीमा बिक्री गर्न लागेको बैंकले जनाएको छ । सो कित्ता ७ सय ३९.६३ कित्ता हकप्रद बोलकबोलद्धारा बिक्री गर्न लागेको हो । संस्थापकतर्फको ११ लाख ३३ हजार ३ सय ४४.७० कित्ता र सर्वसाधारणतर्फको ७ लाख ७ हजार ३९४.९३ कित्ता सेयर लिलाम गर्ने लागेको बैंकले जनाएको छ ।

मेगाको चुक्ता पुँजी १३ अर्ब १३ करोड ९६ लाख रुपैयाँ छ । नेपाल धितोपत्र बोर्डको धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा हकप्रद सेयर पूर्ण बिक्री नभए लिलामीबाट बेच्नुपर्ने व्यवस्था छ । बैंकले लिलामीमा ल्याएको हकप्रद सेयरमा असोज ११ देखि १८ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । सेयरको न्यूनतम मूल्य प्रति कित्ता १०० तोकिएकाले सोभन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्नेछ । सेयर लिलामी प्रक्रियाका लागि बैंकको बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट