अफगानिस्तानमा तालिबानको आक्रमण, ४ प्रहरीसहित २१ को मृत्यु

प्रकाशित मिति : September 20, 2020


काठमाडौं । अफगानिस्तानको उत्तरी प्रान्तका दुई जिल्लामा तालिबानका लडाकूहरुले भिषण हमला गरेका छन् । तालिबानी सशस्त्र लडाकूहरुले गरेको सो हमलामा परी २१ जनाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उत्तरी अफगानिस्तानको सुहादा र खास जिल्लाका कैयौँ स्थानहरुमा उनीहरुले हमला गरेका हुन् । ती हमलाहरुमा परी १७ जना तालिबानी लडाकूहरु नै मारिएका बताइएको छ ।

त्यसमा परी चार जना प्रहरी पनि मारिएका छन् । आइतबार बिहान ती दुई जिल्लाका सहरमा उनीहरुले हमला गरेका बताइएको छ। सुनियोजित रुपमा एकै पटक ती सहरमा हमला गरिएको अधिकारीहरुले जनाएका छन्। हमलाका क्रममा चार जना प्रहरी पनि मारिएका उनीहरुको भनाई छ ।

सुहादा जिल्लाका सहरमा १० जना र खास जिल्लाको एक सहरमा अरु सात जना मारिएका बताइएको छ। उनीहरुले सुरक्षा जाँच चौकीमा आक्रमण गरेका थिए। यस क्रममा १० जना तालिबान लडाकू र अरु सात जना प्रहरी घाइते भएका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट