काठमाडौं । महिला कर्मचारीलाई जवरजस्ती करणी गरेको अभियोगमा कैलालीमा गाउँपालिकाका अधिकृत पक्राउ परेका छन् । जिल्लाको जोशीपुर गाउँपालिकाका प्रशासन अधिकृत भानुभक्त उपाध्यायलाई गाउँपालिकामै कार्यरत २४ वर्षीया महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जोशीपुर गाउँपालिकामै कार्यरत महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा अधिकृत उपाध्याय पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टले पुष्टि गरेका छन् । उनले शनिवार नै अधिकृत उपाध्याय बिरुद्ध मुद्धा दर्ता गरि उनलाई प्रहरी हिरासतमा राखिएको जानकारी दिए । घटनाका समन्धमा थप अनुसन्धान भईरहेको प्रबक्ता बिष्टले जानकारी दिएका छन् ।