काठमाडौं । सजिलो र समीट लघुवित्तको एकिकृत कारोवार मंगलबारदेखी शुरु हुने भएको छ । सजिलो लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्था गाभिएपछि समीट लघुवित्त वित्तीय संस्थाको नामबाट असोज ६ गतेदेखि एकीकृत कारोबार शुरु हुने कम्पनीले जनाएको छ ।
असार २१ गते सम्पन्न छुट्टाछुट्टै विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेकोमा एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले भदौ ७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ २८ गते अन्तिम स्वीकृति दिएसँगै असोज ६ गतेदेखि एकीकृत कारोबार शुरु हुन लागेको हो ।