सिभिल बैंकले मर्जर हल्ला चलाएर सेयर भाउ बढाएको भन्दै नेप्सेको ध्यानाकर्षण, २४ घण्टाभित्र जवाफ माग

प्रकाशित मिति : September 20, 2020


काठमाडौं । हिमालयन बैंकसंग मर्जरको हल्ला चलाएर सेयर भाउ बढाएको भन्दै सिभिल बैंकलाई नेप्सेले स्पष्टिकरण सोधेको छ ।

नेपाल स्टक एक्स्चेञ्जले सिभिल बैंकलाई हिमालयन बैंकसंग मर्जर जान लागेको बारेमा स्पष्टिकरण मागेको छ । ३ दिनअघिदेखी हिमालयन बैंकसंग सिभिल बैंक मर्जरमा जान लागेको बारेमा समाचार प्रकाशनमा आएको थियो । सुरुमा अर्थपथडटकमले हिमालय बैंक र सिभिल बैंक मर्जरबारे समाचार बाहिर आएको थियो ।

नेप्सेले २४ घण्टाभित्र मर्जरबारे आधिकारीक धारणा माग गरेको हो । हिमालयन बैंकसंग मर्जरमा जान लागेको बारेमा समाचार आएपछि सेयर बजारमा सिभिल बैंकको सेयर प्राइस बढेको थियो ।

धितोपत्र सूचीकरण विनियमावली बमोजिम ‘सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने कुनै घटना वा कारोबार भएमा त्यस्तै विषयको सूचना तुरुन्त दिनुपर्ने’ व्यवस्था अनुसार नेप्सेले बैंकलाई आधिकारीक जानकारी दिन निर्देशन दिएको हो । सोमबार बजार खुल्नु अगावै सिभिलले नेप्सेलाई चित्तबुझ्दो जवाफ दिइसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट