‘महारानी’लाई मदन पुरस्कार, शान्ति ठटाललाई जगदम्बा-श्री

प्रकाशित मिति : September 20, 2020


काठमाडौँ । २०७६ को मदन पुरस्कार महारानी उपन्यासका लागि चन्द्रप्रकाश बानियाँलाई दिने निर्णय गरको छ । गुठिको आइतबार बसेको साधारण सभा बैठकले महारानीका लेखक बानियाँलाई २०७६ को मदन पुरस्कार दिने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दिक्षितले जानकारी दिएका छन् । यस अघि २०७५ सालको मदन पुरस्कार रणहार कृतिका लागि सर्जक योगेश राजले पाएका थिए ।

मदन पुरस्कारका लागि गत वर्ष प्रकाशित चर्चित पुस्तकमध्ये ७ पुस्तक छनोट भएका थिए । गुठीले कुल १५१ पुस्तकमध्येबाट जम्मा सात वटा पुस्तक अन्तिम सूचीमा छनोट गरेको थियो ।

अन्तिम सूचीमा सूचीबद्ध गरिएका पुस्तकहरुमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको परित्यक्ता, योगी घर्ममहारसको महारसनि महारसनिघण्टु ९१–३०, चन्द्र प्रकाश बानियाँको महारानी, ललित विष्टको मोहपथ र शारदा शर्माको यात्रामा रहेको थियो ।

https://twitter.com/MadanPuraskar/status/1307617662105563136/photo/1

त्यस्तै २०७६ को जगदम्बा श्री पुरस्कार शान्ति ठटाललाई दिने निर्णय गरेको छ । पुरस्कार रकम २ लाख रुपैयाँ रहेको छ ।

रानी जगदम्बाको स्वर्गारोहणपछि निजको पुण्य स्मृतिमा गुठीले २०४५ सालमा स्थापना गरेको रू एक लाखको पुरस्कार जगदम्बा श्री सोही सालबाट नै वितरण भएको हो र हाल यस पुरस्कारको रकम रू। दुई लाख छ । २०४५ सालमा नारायणगोपाल गुरूवाचार्यले सर्वप्रथम यो पुरस्कार प्राप्त गरेका थिए ।

मदन पुरस्कार एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरूमध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो भने जगदम्बाश्री नेपाली भाषा, संस्कृति, साहित्य लगायतका विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रदान गरिने पुरस्कार हो ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट