काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा ७ सय ६७ जना कोरोना संक्रमित थपिएका छन ।
काठमाडौं जिल्लाका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी उपत्यकामा कोरोना भाइरसबाट थप ६ जनाको ज्यान गएको छ । काठमाडौंका ४०, ६० र ६३ वषीर्या महिला तथा ८२ वर्षका पुरुष ,ललितपुरकी ७५ वर्षीया महिला र भक्तपुरकी ७२ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट ज्यान गएको मन्त्रालयको नियमित कोरोना अपडेटमा बताइएको छ ।