राष्ट्रिय वाणिज्य बैंकको २४१ औं शाखा बिरेन्द्रनगरमा

प्रकाशित मिति : September 20, 2020


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका वडा नं.–६ स्थित शाखा कार्यालय बिरेन्द्रनगर सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय प्रकाश ज्वालाले साइनबोर्ड अनावरण गरी बैंकको २४१ औं शाखा कार्यालयको आईतबार समुदघाट्न गर्नुभएको हो ।

उक्त अवसरमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय प्रकाश ज्वालाले रा.वा.बैंक पूर्ण सरकारी बैंक भएकाले सरकारलाई सहयोग गर्नुपर्ने र बैंक नाफामुखीभन्दा पनि थप सेवामुखी हुनुपर्ने बताउनुभयो । उहाले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी कर्णालीबासीलाई थप बैंकिङ्ग सेवा उपलब्ध गराएकोमा बैंक परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो ।

बैकको कर्णाली प्रादेशिक प्रबन्धक रामकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्णाली प्रादेशिक कार्यालयका प्रमुख डा. शालीकराम पोख्रेलले शाखाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा शाखा कार्यालय बिरेन्द्रनगरका प्रबन्धक जयप्रसाद बरालले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट