नेपाल बैंकमा अव ३ जना सर्वसाधारण संचालक रहने, असोज १९ गते हुने भो संचालक निर्वाचन

प्रकाशित मिति : September 20, 2020


काठमाडौं । दुई वर्षअघिको साधारणसभामा सञ्चालक निर्वाचन गर्नुपर्ने भए पनि नेपाल बैंक लिमिटेडले निर्वाचन गरेन । सेयरको संरचना अनसुार नेपाल बैंक मा ३ जना सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व हुनुपर्ने भए पनि बैंकको प्रबन्ध–पत्र नियमावलीमा २ जनामात्र सञ्चालक सर्वसाधारण समूहबाट चुनिने प्रावधान रहेका कारण यस विषयमा मुद्दा परेको थियो ।

अदालतले सेयरको संरचना अनुसार ३ जना सञ्चालक सर्वसाधारण सेयरधनीबाट निर्वाचित गर्नुपर्ने फैसला गरेपछि बल्ल नेपाल बैकले प्रबन्ध–पत्र नियमावली संशोधनको प्रक्रिया सुरु गरेको छ । बैंकले सोका लागि विशेष साधारणसभासमेत बोलाएको छ ।

नेपाल बैंक लिमिटेडले संशोधन प्रयोजनका लागि असोज १९ गते, सोमबार विशेष साधारणसभा डाकेको छ । सो सभा बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौँमा आयोजना गरिने बैंकले जनाएको छ । अनलाइनबाटै आयोजना हुनेगरी बिहान ११ बजेबाट सभा सुरु हुने जनाएको छ ।

अनलाइन जुम कन्फ्रेन्सको माध्यमबाट हुने उक्त सभामा बैंकले दुईवटा प्रस्ताव लैजाँदैछ । विशेष सभाले बैंकमा नेपाल सरकारबाट प्रतिनिधित्व गर्ने सञ्चालकको संख्या हालको चारजनाबाट घटाएर तीन बनाउने र सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको संख्या दुईबाट बढाएर तीनजना बनाउने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, बैंकले प्रबन्ध–पत्र र नियमावलीलाई पनि समयानुकूल अद्यावधिक गर्नुपर्ने भएकाले उक्त प्रस्तावसमेत सभामा पेश गर्ने भएको छ । प्रबन्ध–पत्र र नियमावली परिमार्जन गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश हुनेछ । विशेष साधारणसभा प्रयोजनार्थ बैंकले सोज ८ गते बूक क्लोज गर्ने भएको छ ।

कोरोना भाइरस महामारीको जोखिमकासाथै नेपाल सरकारको स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्नुपर्ने भएकोले विशेष साधारणसभा भिडियो कन्फ्रेन्समार्फत हुने बैंकले जनाएको छ । सभामा सहभागी हुन चाहने सेयरधनीहरूलाई जुन आईडी र पासवर्ड उपलब्ध गराइनेछ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट